गोलभेँडाको प्रतिकेजी मूल्य ३० रुपैयाँ


काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा सानो (लोकल) प्रतिकेजी ३० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी  ४५ रुपैयाँ कायम गरिएको छ । यस्तै, आज गोलभेँडा ठूलो (भारतीय( प्रतिकेजी अधिकतम रु ९० रुपैयाँ तोकिएको छ ।

आलु रातो प्रतिकेजी  ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी १३० रुपैयाँ, तराई गाजर प्रतिकेजी १२०, बन्दा (लोकल) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी ३० रुपैयाँ कायम भएको छ ।

बन्दा (नरिवल) प्रतिकेजी ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ६० रुपैयाँ, काउली (तराई) प्रतिकेजी २५ रुपैयाँ, मूला रातो प्रतिकेजी ४० रुपैयाँ निर्धारण गरिएको छ ।

मूला सेतो (लोकल) प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ५० रुपैयाँ, भन्टा लाम्चो प्रतिकेजी ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ६० रुपैयाँ, मकै बोडी प्रतिकेजी ७० रुपैयाँ तोकिएको छ ।

मटरकोसा प्रतिकेजी १५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ, घिउ सिमी (राज्मा) ९० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ६० रुपैयाँ निर्धारण गरिएको छ ।

समितिले तिते करेला प्रतिकेजी ११० रुपैयाँ, लौका प्रतिकेजी ६० रुपैयाँ, स्कुस प्रतिकेजी ३५ रुपैयाँ, रायो साग प्रतिकेजी ३० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ९० रुपैयाँ निर्धारण गरिएको छ ।

चमसुर प्रतिकेजी ९० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, मेथी साग प्रतिकेजी ९० रुपैयाँ, तरुल प्रतिकेजी ८० रुपैयाँ, च्याउ कन्य प्रतिकेजी १०० रुपैयाँ, च्याउ डल्ले प्रतिकेजी ४०० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ कायम गरिएको छ ।

हरियो धनिया प्रतिकेजी ७० रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ४० रुपैयाँ, गान्टेमुला प्रतिकेजी ८० रुपैयाँ, तामा प्रतिकेजी १०० रुपैयाँ, तोफु प्रतिकेजी १२० रुपैयाँ, कागती प्रतिकेजी १३० रुपैयाँ, लोकल काँक्रो प्रतिकेजी १२० रुपैयाँ तोकिएको छ ।

समितिले काँक्रो (हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ, लप्सी प्रतिकेजी ६० रुपैयाँ र गुन्द्रुकको मूल्य प्रतिकेजी ३०० रुपैयाँ तोकेको छ ।

झोले स्याउ प्रतिकेजी २६० रुपैयाँ, फुजी स्याउ प्रतिकेजी ३०० रुपैयाँ, केरा प्रतिदर्जन १७० रुपैयाँ, अङ्गुर हरियो प्रतिकेजी २५० रुपैयाँ, अंगुर (कालो) प्रतिकेजी ३८० रुपैयाँ, मेवा (नेपाली) प्रतिकेजी ७० रुपैयाँ तोकिएको छ ।

मेवा (भारतीय) प्रतिकेजी १०० रुपैयाँ, अम्बा प्रतिकेजी ११० रुपैयाँ, एभोकाडो प्रतिकेजी २५० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार  ०८ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।