सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो


काठमाडौँ । सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । बुधबार १४०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३३।६५ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९।३३ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।