एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौँ । सुनको मूल्य एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढेको छ । बिहीबार १०० रुपैयाँले घटेको सुन शुक्रबार २२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७९६.२२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.४७ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।