घुस लिएको आरोपमा राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक) का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्धको मुद्दा दर्ता गराएर बयान सुरु गरेको हो ।

अख्तियारले उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । उनलाई अख्तियारले १४ पुस, २०८१ मा तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २० माघ २०८१, आइतबार  १२ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।