एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौँ । सोमबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आइतबार एक सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८६१.२६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.८२ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।