बिहीबार २३ सय रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौँ । सुनको मूल्य एकैदिन २३ सय रुपैयाँले बढेको छ । बुधबार २७ सय रुपैयाँले घटेको सुन बिहीबार २३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी बिहीबार एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार एक हजार नौ सय ३० रुपैयाँ निर्धारण गरिएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९१७.६३ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.२३ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।