मंगलबार पनि बढ्यो सुनको मूल्य


काठमाडौँ । मंगलबार सुनको मूल्य ७०० रुपैयाँले बढेको छ । सोमबार १२ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६८ हजार ७०० सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी मंगलबार एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९०९.५८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.३७ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।