बुधबार ११ सय रुपैयाँले बढ्यो सूनको मूल्य


काठमाडौँ । सुनको मूल्य तोलाको ११ सय रुपैयाँले बढेको छ । मंगलबार ७०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार ११ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला एक लाख ७० हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ४०० सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी बुधबार एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मंगलबार एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९२८.७८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.६५ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।