नेपाल टेलिकममा जागिरको अवसर (सूचनासहित)


काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न रिक्त पदको लागि ६९ जनाका लागि दरखास्त खुलाएको छ ।

कम्पनीले उपप्रबन्धक नवौं तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका लागि खुला तथा समावेशी प्रतियोगितमार्फत पदपूर्ति गर्नेगरी दरखास्त खुलाएको हो ।

इच्छुक र योग्य व्यक्तिले अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । आवेदन फागुन २९ गतेसम्म र दोब्बर दस्तुर तिरी चैत ७ गतेसम्म दिन सकिनेछ । कम्पनीका विभिन्न निर्देशनालय, विभाग तथा काठमाडौँ उपत्यका बाहिरका कार्यालयहरूका लागि आवेदन माग गरिएको हो ।

प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।