सुनको मूल्य ९ सय रुपैयाँले बढ्यो


काठमाडौँ । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १४ सय रुपैयाँले बढेको सुनको भाउ आज ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुन १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदी एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ९०.०९ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।