बारको अध्यक्षमा पाँच जनाले दिए उम्मेदवारी


काठमाडौँ । नेपाल बार एशोसिएशनको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी परेको छ । २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी चैत २३ गते हुने छ । चैत २३ गते हुने निर्वाचनले २५ नयाँ कार्यसमिति चयन गर्ने छ ।

वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र, वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशीष पौडेलले उम्मेदवारी दिएका छन् । महासचिवमा भने वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला, अधिवक्ता हरिशरण कार्की र अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार  ०९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।