सोमबार सुनको भाउ कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख ७४ हजार १ सय कायम भएको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज एक तोला चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८२.८६ अमेरिकी डलर र चाँदी ३३.७१ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।