सोमबार ६०० सय रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । आइतबार ९०० रुपैयाले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एक तोला चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । नेपालमा अन्तराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०८१, सोमबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।