क्रेस्ट माइक्रो लाइफ इन्सोरेन्सको साधारण शेयर नेप्सेमा सूचीकृत


काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनिले चैत २७ गते प्रति शेयर अंकित मूल्य १०० कायम भएको ७५ लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गर्ने सम्झौता गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि एनआइएमवि एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो ।

जसअनुसार सर्वसाधारण लगानीकर्ता शेयरधनीहरू (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेतलाई २२ लाख ५० हजार कित्ता (३०%) र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ५२ लाख ५० हजार कित्ता (७०%) गरी कुल ७५ लाख कित्ता (१००%) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८१÷१२÷२६ गतेको निर्णयानुसार सूचीकरण गरेको छ ।

धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनदेखि कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुने कम्पनीले जनाएको छ ।

 

 

प्रकाशित मिति: २७ चैत्र २०८१, बुधबार  १७ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।