कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो ठूलो सङ्ख्यामा कर्मचारी


काठमाडौंं । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पदका लागि १२७ जना कर्मचारी माग गरेको छ ।

आयोगले मङ्गलबार सुचना निकालेर प्राविधिक तथा अप्राविधिक गरि विभिन्न सेवा र समुहको लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले ज्येष्ठता कार्य सम्पादन मुल्याङ्कन र खुल्ला तथा समावेशी प्रतियोगितात्मक परिक्षा मार्फत पदपुर्ति गर्ने जनाएको छ । आयागले ११ जना आन्तरिक बढुवाबाट र १२७ जना खुल्ला तथा समावेशीता मार्फत पदपूर्ति गर्ने जनाएको छ ।

आन्तरिक बढुवा गर्दा कर्णाली प्रदेश लोक सेवा आयोग ऐन २०८० र कर्णाली प्रदेश निजामती सेवा नियमावली २०८० बमोजिम हूनेछ । आयोगले आन्तरिक बढुवाका लागि दरखास्त दस्तुर ४०० रुपैयाँ तोकेको छ ।

खुल्ला तथा समावेशी उम्मेदवारको हकमा शैक्षिक योग्यता तालिम अनुभव तथा समावेशी समुह खुल्ने कागजात पेश गर्नपर्ने छ । पुरुष आवेदकको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । यस्तै खुल्ला तथा समावेशी उम्मेदवारले आवेदन दस्तुर ४०० सय र समावेशी समूहका लागि थप २०० रुपैयाँ लाग्ने छ ।

२०८२ वैशाख १५ गते सम्म नियमित र दोब्बर दस्तुर तिरेर २२ गते सम्म आवेदन बुझाउन सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति: २७ चैत २०८१, बुधबार  १७ : २१ बजे