काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै, सामसङ नेपालले ‘नयाँ वर्षको सुरूवात, कनेक्टेड घर र परिवार’ अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत अप्लाएन्सहरूमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधा ल्याएको छ । यो अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउनेछ ।
स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिन्छ । घरका टिभी, रेफ्रिजरेटर तथा वाशिङ मेसिनजस्ता अप्लाएन्स एक अर्कासँग कनेक्टेड रहन्छन् । यसरी जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्नेछ ।
यो अफरमा सामसङको लगातार १९ वर्षसम्म विश्वको नम्बर १ टिभी ब्रान्डको उपाधि कायम राखेको टिभी लाइन–अप समावेश छ ।
सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन पनि यस अफरमा समावेश छन् । ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेल म्यातिक फ्रीमा पाइनेछ । साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ । जसले गर्दा तपाईँको घरमा नयाँ खरिद गरिएको अप्लाएन्सहरू घरसँग धेरै वर्षसम्म ढुक्कको साथ कनेक्टेड रहनेछन् ।
हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्म र टिभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन् ।
आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ । यो अफरमा ग्राहकहरूले आफ्नो पुरानो उपकरण एक्सचेन्ज गरी नयाँ सामसङका टिभी तथा होम एप्लायन्स खरिद गर्दा उत्कृष्ट मूल्यमा प्राप्त गर्न पनि सक्छन् । ग्राहकहरूले सामसङप्लाजामा गएर अनलाइनमार्फत पनि अफरहरूको फाइदा उठाउन सक्नेछन् ।
प्रतिक्रिया