प्रभु क्यापिटलको नयाँ वर्ष २०८२ को कर्पोरेट डिजिटल क्यालेन्डर सार्वजनिक


काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ वर्ष २०८२ को लागि डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृत मिति, सार्वजनिक बिदा, तिथि, नेपाली र अंग्रेजी मिति तथा नेपालीले मनाउने चाँडपर्व तथा सांस्कृति झल्किने तस्वीर राखेर क्यालेन्डर सार्वजनिक गरेको हो ।

साथै क्यापिटलले सेवा सुविधाहरू समेत क्यालेन्डरमा समेटेकोे छ । क्यालेन्डरको सेवा बारे ग्राहकलाई सजिलै जानकारी दिनूका साथै सोमा ग्राहकहरुलाई लगानी तथा वित्तीय साक्षरता सम्बन्धी सन्देश पनि दिएको छ ।

क्यालेन्डर डिजिटाइज गरी वेबसाइटमार्फत डाउनलोड सहितको सुविधा दिई उपलब्ध गराएको छ । डिजिटल माध्यमबाट सम्पूर्णमा पहुँचयोग्य बनाउन सो को क्युआर कोड सामाजिक सञ्जाल र वेबसाइटमार्फत उपलब्ध गराएको क्यापिटलले बताएको छ ।

प्रकाशित मिति: ३१ चैत्र २०८१, आइतबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।