आइएमई लाइफ इन्स्योरेन्सको नाफामा सुधार, बीमा शुल्क १५.६५ प्रतिशतले बढ्यो


काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सुधार देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १५.६५ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १७.१४ प्रतिशतले बढेर ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १९.७२ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १७.७३ प्रतिशतले बढेर ४ अर्ब ४६ बरोड ३१ करोड रुपैयाँ पुगेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ २८ पैसा घटेर ९ रुपैयाँ ७७ पैसामा झरेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४७।३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा रहेको छ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोष २२ करोड ९८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४२ करोड ५६ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ।

प्रकाशित मिति: २१ वैशाख २०८२, आइतबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।