केई एक्सचेन्ज कार्निभलमा पुराना गाडी साटेर नयाँ ईभीमा अपग्रेड गर्ने अवसर


काठमाडौं । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा ‘केई एक्सचेन्ज कार्निभल २०८२’ को आधिकारिक सुरुवात भएको छ ।

काठमाडौंको थापाथलीस्थित केई शोरुममा बैशाख २६ देखि २८ गतेसम्म चल्ने यो तीनदिने कार्निभल विद्युतीय सवारी साधनप्रेमीहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको कम्पनीको ठहर छ ।

स्मार्ट र दिगो यातायात प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस कार्निभलमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडी ल्याई उत्कृष्ट रिसेल मूल्यसहित सवारी मूल्याङ्कन गराउन सक्नेछन् । साथै, विशेष एक्सचेन्ज बोनस, नगद छुट, बीमा तथा सडक कर कभरेज जस्ता लाभदायक अफरहरू प्राप्त गर्न सक्ने संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कार्निभलमा केई अटोका तीन विद्युतीय मोडलहरू – ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रोलाई विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने छ । प्रत्येक मूल्याङ्कनमा दुई जनाका लागि क्यूएफएक्स सिनेमा टिकट पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

बुकिङ गर्ने ग्राहकहरूलाई रोमाञ्चक उपहारहरू पनि पाउनेछन् । ई–क्युट मोडलसँग कोस्च जेट कार वासर र एक्स३ प्रो मोडलसँग कोस्च वासिङ मेसिन उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

कार्निभलमा पारिवारिक मनोरञ्जनात्मक कार्यक्रमहरू, संगीत, खेलहरू लगायत सबै उमेरका दर्शकका लागि रमाइला गतिविधिहरू राखिएको आयोजकले जानकारी दिएका छन्। यसले सवारी साधनप्रेमीहरूलाई मनोरञ्जनसँगै वातावरणमैत्री प्रविधिमा रूपान्तरणको सन्देश दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २१ वैशाख २०८२, आइतबार  १८ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।