नेपाली सेनाले करारमा कर्मचारी भर्ना गर्ने


काठमाडौँ । नेपाली सेनाले विभिन्न पद तथा सेवाको लागि करारमा कर्मचारी भर्ना गर्ने भएको छ ।

सेनाले सोमबार एक सुचना निकालेर करार र दैनिक ज्यालादारीमा दरखास्त आह्वान गरेको हो ।

सैनिक आवासीय महाविद्यालय, भक्तपुरको लागि जी.टी शिक्षक र संगीत शिक्षक १/१ जना मागेको छ । यस्तै विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, विजेश्वरीको लागि नेपाली, अंग्रेजी, जी.टी. नेपाली, जी.टी सामाजिक, जी.टी. गणित शिक्षक १/१ जना मागेको छ ।

विज्ञान शिक्षक २ जना र गणित शिक्षक ३ जना माग गरेको छ ।

यसैगरि रिपुमर्दिनी सैनिक महाविद्यालय, बाँसबारीको लागि ग्रेड शिक्षक १ जना, श्वेततारा पूर्व प्राथमिक सैनिक विद्यालय छाउनीको लागि सहायक शिक्षक १ जना मागेको छ ।

सैनिक आवासीय महाविद्यालय बुटवलको लागि जी.टी गणित, जी.टी. सामाजिक, जी.टी विज्ञान, जी.टी. विज्ञान, जी.टी. नेपाली, जी.टी. लेखा शिक्षक र नृत्य प्रशिक्षक १/१ जना मागेको छ ।

सैनिक आवासीय महाविद्यालय चितवनको लागि जी.टी. गणित र जी.टी. विज्ञान शिक्षक १/१ जना मागेको छ । यस्तै सैनिक आवासीय महाविद्यालय, महोत्तरीको लागि जी.टी. नेपाली, जी.टी सामाजिक, जी.टी. गणित जी.टी विज्ञान शिक्षक १/१ जना र संगीत प्रशिक्षक १ जना माग गरेको छ ।

रिपुमर्दिनी पेट्रोल स्टेशन, भद्रकालीको लागि लेखापाल १ जना र रिपुमर्दिनी पेट्रोल स्टेशन इटहरीको लागि कम्प्युटर अपरेटर १ जना मागेको छ ।

सैनिक मुख्यालयका अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुले यही बैशाख २८ गतेसम्म आवेदन दिन सक्ने छन ।

थप जानकारीको लागि www.nepalarmy.mil.np मा हेर्न भनिएको छ ।

प्रकाशित मिति: २२ वैशाख २०८२, सोमबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।