६ दशकपछि वारेन बफेटको अवकाश घोषणा, नेतृत्व ग्रेग एबेललाई


काठमाडौं । विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट यो वर्षको अन्त्यमा अवकाश लिने घोषणा गरेका छन् ।

कम्पनीको वार्षिक बैठकमा उनले सन् २०२५ को अन्त्यसम्ममा कम्पनीको नेतृत्व उपाध्यक्ष ग्रेग एबेललाई हस्तान्तरण गर्ने बताएका हुन् ।

९४ वर्षीय बफेटले विगत ६० वर्षदेखि बर्कशायर हैथवे कम्पनीको नेतृत्व सम्हाल्दै आएका थिए ।

उनको नेतृत्वमा बर्कशायर हैथवे एक साधारण कपडा कम्पनीबाट विश्वको शक्तिशाली कन्ग्लोमरेटमा परिणत भएको छ । बफेटको यो निर्णयसँगै लगानीको दुनियाँमा एक युगको अन्त्य भएको मानिएको छ ।

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार  १९ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।