काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेकाे घटनाबारे संसद्मा जानकारी गराउने भएका छन् ।
मंगलबार जारी प्रतिनिधिसभा बैठकमा नाउपा र जनमत सांसदले गृहमन्त्रीले जबाफ दिनुपर्ने भन्दै रुलिङ गर्न माग गरेका थिए । बैठकमा अवराेध भएपछि सभामुख देवराज घिमिरेले गृहमन्त्रीले सदनलाई जबाफ दिने जानकारी गराएका हुन्।
गृहमन्त्री रमेश लेखकले २५ गते बिहीबारको बैठकमा जबाफ दिने मौखिक खबर पठाएको सभामुखले जनाए ।
जनमतका सांसद अब्खुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जबाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने चेतावनी दिएका थिए । गृहमन्त्रीले साेबारे जबाफ दिने सभामुख घिमिरेको जानकारीपछि सदन नियमित कार्यसूचीमा प्रवेश गरेको छ ।
प्रतिक्रिया