काठमाडौँ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ ।
कम्पनीले वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म महाबिर चोक (धरान रोड), विराटनगरमा आयोजना हुने यस मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक किन्न सक्नेछन्, ०% सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँसम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एक्सेसोरिज र खुशीको मिटर’ योजनाअन्तर्गत नगद र उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
यस पटकको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्च मूल्यांकन गर्न काठमाडौंबाटविशेष भ्यालुएटरहरू आएका छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी थप १० रुपैयाँसम्मको बोनस भ्यालुए्सन दिनेछन् । यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्णरूपमा हटाएको छ ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर सरलफाइनान्समार्फत्यो सुविधा पाउनेछन् । विराटनगरको महाबिर चोकमा आयोजना हुने बजाज ग्रान्ड एक्सचेन्ज मेला’ नेपालको बृहत्मोटरसाइकलएक्सचेन्ज योजना भएकोे कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना बाइकहरूको उच्चतम् भ्यालुएसनप्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न पाउनेछन् साथै, खुशीको मिटर’ अन्तर्गत उत्सुक
ग्राहकहरूले नगद र उपहार जित्ने मौका पाउनेछन् बताइएका छ ।
प्रतिक्रिया