काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनीको रुपमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको सञ्चालन गरेको छ ।
बिहीबार कमलपोखारीमा रहेको सिटी सेन्टरको तेस्रो तालामा केन्द्रीय कार्यालय रहेको सो कम्पनीको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक समिति अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमितकुमार कयालले नेपाल लाइफ एउटा ब्राण्ड भएको आम नेपाली जनतासँग प्रत्यक्ष तथा अप्रत्यक्ष जोडिएको भएर नेपाल इन्भेष्टमेन्ट कम्पनीले आगामी दिनमा लगानी सही र उच्चतम प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने जानकारी दिए ।
चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको कुल लगानी ५ अर्ब रुपैयाँ रहेको उक्त कम्पनीको उद्घाटन कार्यक्रमलाई सम्बोनध गर्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले नेपाल लाइफले समग्र बीमा क्षेत्रको नेतृत्व गर्दै लगानी विविधिकरणमा कम्पनी अघि बढीरहेको बताएका छन्।
उक्त उद्घाटन समारोहमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको बताउदै अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर रहेको र १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको समेत जानकारी दिए ।
उद्घाटन कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोबिन्द लाल संघई, प्रमुख कार्यकारी प्रविण रमण पराजुली, नायब प्रमुख कार्यकारी अबिकृत अमित कुमार कयाल, नायव महाप्रबन्धक उमापति पोखरेल, कम्पनीका अभिकर्ता तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया