काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले ऋण चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र ऋण कर्जा चुक्ता ताकेता गरेको छ ।
बैंकले शुक्रबार सूचना निकालेर तोकिएको समयभित्र ऋण चुक्ता नगरे कालोसुचीमा राखिने चेतावनी दिएको हो ।
बैंकका विभिन्न शाखाबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेको बैंकको सुचनामा उल्लेख गरिएको छ । बैंकले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत ऋण कर्जा चुक्ता नगरेको बैंकले जनाएको छ ।
ऋणी तथा जमानतकर्ताले ऋण लिँदा गरिएको सम्झौतामा तोकिए बमोजिम बैंकलाई तिर्नुपर्ने कर्जा तिर्न भनिएको छ ।
तोकिएको समयभित्र सावाँ र ब्याज नतिरेमा प्रचलित कानुन बमोजिम कर्जाको धितो सुरक्षणको रुपमा रहेको सम्पत्ति लिलाम गरिने पनि बैंकले जनाएको छ । ऋणीको जायजेथाबाट समेत कर्जा असुल उपरको लागि आवश्यक कानुनी प्रक्रिया अबलम्वन गरिने बैंकले जनाएको छ । यसका साथै ऋणी लगायत सम्बन्धित पक्षको हकलाग्ने परिवारका सदस्यहरुको सम्पत्तिबाट समेत ऋण असुल गरिने छ ।
प्रतिक्रिया