काठमाडौँ । कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार एक महिनामा तिते करेलाको मूल्य ४ गुणा बढिले घटेको छ । करेला आयात गर्नूपर्ने अवस्था अन्त्य भएसँगै मूल्यमा पनि कमि हुँदै गएको हो ।
चैत २६ गते करेलाको न्युनतम मूल्य ७० रुपैयाँ, अधिकतम मूल्य ९० रुपैयाँ र औसत मूल्य ८० रुपैयाँ थियो । शुक्रबार करेलाको न्युनतम मूल्य १५ रुपैयाँ, अधिकतम मूल्य २० रुपैयाँ र औसत मूल्य १७.६७ रुपैयाँ कायम भएको छ ।
एक महिनाको करेलाको मूल्य तुलना गर्दा औसतमा ६३ रुपैयाँले घटेको छ । करेला उत्पादनको समय भएकोले निरन्तर मूल्य घटेको कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिका प्रवक्ता विनय श्रेष्ठले बताए ।
उनका अनुसार पहिले करेला विदेशबाट आयात गर्नूपर्ने भएकोले मूल्य बढि भएको थियो । अहिले स्वदेशी उत्पादनले माग पूर्ती भएकोले पनि मूल्य घटेको उनले बताएका छन् । यो सँगै अरु मौसमी तरकारी (सिमी, बोडी) लगायतको मूल्य पनि घट्ने उनको भनाई छ ।
उनका अनुसार बेमौसमी तरकारी (गोलभेडा) लगायतको मूल्य अझै बढ्ने छ । स्वदेशी उत्पादनले नपुग्ने र आयात गर्नूपर्ने भएकोले गोलभेडाको मूल्य बढ्ने देखिएको हो ।
यस्तै अरु तरकारीको तुलना गर्दा, चैत २६ गते भारतीय ठुलो गोलभेडा न्युनतम ४० र अधिकतम ५० रुपैयाँ रहेकोमा शुक्रबार बढेर न्युनतम ६० र अधिकतम ७० रुपैयाँ पुगेको छ । गोलभेडा सानो लोकल न्युनतम १५ र अधिकतम २० रुपैयाँ रहेकोमा न्युनतम ५० र अधिकतम ६० रुपैयाँ पुगेको छ । यस्तै गाजर लोकल न्युनतम २५ र अधिकतम ३५ रुपैयाँ रहेकोमा शुक्रबार न्युतमत ४० र अधिकतम ६० रुपैयाँ कामय भएको छ ।
काउली स्थानीय न्युनतम ३० र अधिकतम ४० रुपैयाँ थियो भने शुक्रबार न्युनतम ६० र अधिकतम ७० रुपैयाँ कायम भएको छ । तितो करेलाको औसत मूल्य ८० रुपैयाँ रहेकामा घटेर १७ रुपैयाँ पुगेको छ । लौकाको अधिकतम मूल्य ४० रुपैयाँ रहेकोमा शुक्रबार २५ रुपैयाँ कायम भएको छ ।
यस्तै परवर लोकलको मूल्य ४० रुपैयाँले घटेको छ । चिचिण्डो ३० रुपैयाँले घट्दा घिरौला पनि ३० रुपैयाँले घटेको छ । भिन्डीको अधिकतम मूल्य ९० रुपैयाँ रहेकोमा आधाले घटेर ४५ रुपैयाँ कायम भएको छ । बरेलाको मूल्यमा १० रुपैयाँले वृद्धि भएको छ । रायो साग न्युनतम ६० र अधिकतम ८० रुपैयाँ थियो भने घटेर न्युनतम ५० र अधिकतम ६० रुपैयाँ कायम भएको छ ।
यस्तै चमसुरको सागमा २० रुपेयाँले वृद्धि भएको छ । कन्य च्याउको अधिकतम मूल्य १६० रुपैयाँ रहेकामा न्युनतम मूल्य १६० पुगेको छ । सजिवनको अधिकतम मूल्य १८० रहेकामा आज ८० कायम भएको हो । पुदीना न्युनतम मूल्य २०० रुपैयाँ कायम हुँदा एक महिनामा १० रुपैयाँ कम कायम भएको छ । हरियो तरबुजा अधिकतम ७० रुपैयाँ रहेकोमा अधिकतम ५० रुपैयाँ पुगेको छ । मूलाको मूल्य पनि २० रुपैयाँले घटेर अधिकतम २० रुपैयाँ कायम भएको छ । लोकल काक्रको अधिकतम मूल्य ११० रुपैयाँ रहेकोमा ६० रुपैयाँ कायम भएको छ । सुकेको चाइनिज लसुनको मूल्य ५० रुपैयाँले घटेर न्युनतम २५० रुपैयाँ कायम भएको छ ।
अरु तरकारीको मूल्य प्रायः स्थिर रहेको छ ।
प्रतिक्रिया