लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक


काठमाडौँ । कनेक्ट आइपिइसले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी यसबाट लाईफ इन्स्युरेन्स प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कनेक्ट आइपिएसबाट लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले १ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै हरेक महिना १ जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकम बराबर वा अधिकतम २० हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सक्नेछन् ।

लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हप्ता सकिए पश्चात् तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिए पछी कनेक्ट आइपिएसको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ । कनेक्ट आइपिएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आइपिइस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा उक्त अफर लागू हुनेछ । उक्त प्रणाली मार्फत सबै लाईफ र केहि माइक्रो लाईफ गरी १७ वटा कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: ४ जेठ २०८२, आइतबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।