सूर्य नेपाल गल्फ च्यालेन्ज सुरु ; शुक्र र भुवन शीर्षस्थानमा


काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४(२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको पहिलो दिन पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन कुमार रोक्का संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन्।

पार(६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले आज ७(अन्डर ६१)को उत्कृष्ट स्कोर बनाए। उनीहरूले दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे।

तेस्रो स्थानमा रहेका दिनेशले ४(अन्डर ६४) को स्कोर जोडे। नेपाल नम्बर एक भुवन नगरकोटी ३(अन्डर ६५ सहित चौथो र रामे मगर २(अन्डर ६६ )को स्कोरमा पाँचौं स्थानमा रहेका छन्। १(अन्डर ६७) को स्कोरमा प्रदीप कुमार लामा, दीपक मगर, निरज तामाङ, जयराम श्रेष्ठ र साबिक विजेता रवि खड्काले संयुक्तरुपमा छैटौं स्थान बाँडे।

चोटमुक्त भएर करिब दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले सानदार पुनरागमन गरे। बोगी रहित कार्ड बनाउने क्रममा तेस्रो र चौथो होलको बर्डीले फ्रन्ट नाइन २(अन्डर ३२) मा सकाए। ब्याक नाइनमा सानदार प्रदर्शनका साथ १०औं र ११औं‌ तथा यसपछि १३औं देखि १५औं होलमा लगातार तीन बर्डी प्रहार गरे। कुल ५ बर्डीले ब्याक नाइन ५(अन्डर २९) मा पुरा गरे।

भुवन कुमार रोक्काले प्रभावशाली प्रदर्शनकासाथ फ्रन्ट नाइनमा ५(अन्डर २९) को नतिजा निकाले। उनले पहिलो, चौथो, छैटौं, सातौं र आठौं होलमा बर्डीको सफलता गरे। यसपछि १०औं, १३औं र १४औं होलमा एक(एक सट बचाए। १६औं‌ होलको बोगीले ब्याक नाइन २(अन्डर ३२) मा पुरा गरे।

एमेच्योरतर्फ फुन्सोक नोर्बु लामा र राहुल विश्वकर्मा इभन(पार ६८) को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। उनीहरूले बलराम पौडेल र निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन्। बलराम र निश्चयले १(ओभर ६९) स्कोर गरे।

७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागीता रहेको छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउनेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमश ७० हजार र ५० हजार हात पार्नेछन्। साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुले पनि नगद प्राप्त गर्नेछन्। चार दिनको मुख्य स्पर्धा पश्चात शनिबार प्रो(एम) प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: ७ जेठ २०८२, बुधबार  ०७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।