पियोर इनर्जीको आईपिओको सेयर नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबारमा आउने


साधारण सेयर निष्काशन गरेको पियोर इनर्जीको ८० लाख कित्ता सेयरहरु नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका छन् । सोमबार नेपाल स्टक एक्स्चेञ्ज र पियोर इनर्जीका बचिमा सेयर सूचीकरण सम्बन्धि सम्झौता भएको हो ।

सम्झौता अनुसार पियोर इनर्जीको सर्वसाधारणतर्फको १६ लाख र संस्थापक (३ वर्षे लकइन) तर्फको ६४ लाख गरी ८० लाख कित्ता सेयर सूचीकरण भएको छ । नेप्सेका अनुसार कम्पनीको सेयर पीयूआरई कोडमा सूचीकरण भएको हो ।

सोमबार सूचीकरण भएको कम्पनीको सेयर मंगलबारदेखि कारोबारमा आउने नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको सेयरका लागि ९६ रुपैयाँ ४५ पैसादेखि २८९ रुपैयाँ ३५ पैसासम्मको ओपनिङ रेञ्ज दिएको छ ।

कम्पनीले निष्काशन गरेको ८० लाख कित्ता सेयरमध्ये १६ लाख कित्ता सेयर मात्र सेयरधनीको खातामा जम्मा भएको छ । केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले सर्वसाधारण र संस्थापकको अलग अलग आईजिन नम्बरमा सिडिएससीमा सेयर सूचीकरण गर्ने नीति लिएपछि संस्थापकतर्फको ६४ लाख कित्ता सेयर सिडिएससीमा सूचीकरण हुन सकेको छैन । जसका कारण संस्थापक सेयरधनीहरुको डिम्याट खातामा कम्पनीको सेयर जम्मा भएको छैन ।

सिडिएससीले अलग अलग आईजिनमा कम्पनीको सेयर सूचीकरण गर्नका लागि नेप्सेलाई अलग अलग नेप्से कोडा उपलब्ध गराउन पत्राचार गरे पनि नेप्सेले एउटा मात्र कोड उपलब्ध गराएपछि सिडिएससीले संस्थापकको सेयर सूचीकरण नगर्दा संस्थापकको सेयर खातामा जम्मा हुन नसकेको हो ।

कानुन विपरित गएर सिडिएससीले अड्कायो सेयर सूचीकरण, ‘आइजिन’ मा एकल जोडबलले ‘भद्रगोल’

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार  १५ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।