एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले एक अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारी गर्ने छ ।

इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनार्थ जेठ १६ गते शुक्रबार बुकक्लोज गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद जारी गर्ने निर्णय १६ औँ वार्षिक साधारण सभाबाट पारित भएको थियो ।

प्रकाशित मिति: १४ जेठ २०८२, बुधबार  ०९ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।