भैरहवा र बुटवलमा टोटल इनर्जी लुब्रिकेन्ट्सको निःशुल्क सर्भिस क्याम्प


काठमाडौँ । नेपालका लागि विश्व प्रसिद्ध ब्रान्ड टोटल इनर्जीज् लुब्रिकेन्ट्सको आधिकारिक वितरक, लक्ष्मी ल्युब आयल प्रालिले पहिलोपटक काठमाडौँ उपत्यका बाहिर दुईपांग्रे र चारपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै फ्रि सर्भिस क्याम्प आयोजना गर्न लागेको छ । कम्पनीले सवारीसाधनको दीर्घकालीन सम्भार र इञ्जिन स्वास्थ्यमा जनचेतना फैलाउने उद्देश्यका साथै भैरहवा र बुटवलका स्थानीय ग्राहक, मेकानिक समुदायसँग पनि प्रत्यक्ष सम्पर्क विस्तार गर्ने लक्ष्य राखेको छ ।

चारपांग्रे सेवा शिविर एडभान्स अटोकेयर, बुटवलमा असार १२ र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । भने दुईपांग्रे सेवा शिविर धर्मेन्द्र मोटरसाइकल स्पेयर पाट्र्स, भैरहवामा असार १९ र २० गते बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।

शिविरमा सहभागीहरूले आफ्नो सवारीको इञ्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन्। साथै, टोटल इनर्जीज् ब्रान्डको उच्चगुणस्तरको लुब्रिकेन्ट बारे जानकारी लिन सक्नेछन्। सहभागीसँग लुब्रिकेन्टको सही प्रयोग, इञ्जिन देखभालका टिप्स र सेवासम्बन्धी सुझावहरू समेत साझा गरिनेछ । यो अवसर ग्राहकहरूको लागि लाभदायक हुने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  १० : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।