शपथ ग्रहण कार्यक्रम सम्पन्न


काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाले कम्पनीको अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहलाई एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

५ गते भएको ३७ औं वार्षिक साधारण सभाबाट कम्पनीको संचालक समितिको पूर्नगठन भई  सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी थिइन् ।

नेपाल बीमा प्राधिकरणको अध्यक्षले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे ।  सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरे । उक्त समारोहमा नेपाल बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  ११ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।