नवनियुक्त राजदूतको स्वागत


काठमाडौँ । मानार्थक वाणिज्यदूत प्रदिप कुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकी राज्यको नवनियुक्त राजदूतलाई स्वागत गरेका छन् ।

नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागी नियुक्त मानार्थ वाणिज्यदूत श्रेष्ठले १० गते ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रम बीच दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत अनिल सुकलाल र उनकी श्रीमती डा. निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरे ।

सो भ्रमणको क्रममा, राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्ने बारेमा छलफल सम्पन्न गरेका थिए ।

त्यस्तै, उनीहरूले नेपाल र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत छलफल गरेका थिए ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  १२ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।