११ महिनामा भित्रियो १५ खर्ब विप्रेषण, १५ प्रतिशतले वृद्धि


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको जेठ महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।  जुन १७.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा भएको विप्रेषण आप्रवाह १२.७ प्रशितले वृद्धि भई ११ अर्ब २५ करोड बराबर पुगेको छ । अघिल्लो वर्ष १५.२ प्रतिशतले बढेको थियो ।

सो अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर १४ खर्ब ४३ अर्ब १० करोडले रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम र पुन श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार कूल ७ लाख ६० हजार ३९१ नेपालीले श्रम स्वीकृती अनुमति लिएका छन् । अघिल्लो वर्षको तुलनामा १०.२३ प्रतिशत बढी नेपालीले श्रम स्वीकृती लिएका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृती लिनेको कुन संख्या ६ लाख ८२ हजार ५६६ रहेको थियो ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  १३ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।