सेयर बजार परिसुचक दोस्रोदिन पनि ओरालो यात्रामा, कारोबार रकममा पनि गिरावट


काठमाडौँ । सेयर बजार परिसुच नेप्से दोस्रो दिन पनि ओरालो लागेको छ । मंगलबार नेप्से परिसुचक ०.१४ अंकले घटेर २ हजार ६८३.८६ अंकमा पुगेको हो ।

कारोबारमा आएका ३०४ कम्पनी मध्ये १३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर ५६ हजार २७६ पटक किनबेच हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से परिसुचक २२.३५ अंकले घटेर २ हजार ६८४.०१ अंकमा पुग्दा कारोबार रकम ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ पुगेको थियो ।

मंगलबार वित्त समूह ३०.८४ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूह २६.२८ अंकले, विकास बैंक समूह २३.११ अंकले, जलविद्युत समूह २०.८४ अंकले व्यापार समूह १६.११ अंकले र लघुवित्त समूह ३.७७ अंकले बढ्दा अरु सबै उपसुचक घटेको छ ।

यस्तै, बुटवल पावरको सेयर मूल्य ८.२१ प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ५.९६ प्रतिशत, रिभर फल्स पावरको सेयर मूल्य ४.६९ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.६२ प्रतिशतले र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ४.०७ प्रतिशतले बढेको छ ।

यता, रसुवागढी हाइड्रोपावरको सेयर मूल्य ५.०८ प्रतिशतले घटेको छ । १२ प्रतिशत आइसीएफसी फाइनान्स २०८३ डेभेन्चर र भुगोल इनर्जीको सेयर मूल्य समान ३.९२ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य ३.१४ प्रतिशतले र एनआइसी एसीया फ्लेजी क्याप फण्डको सेयर मूल्य २.१९ प्रतिशतले घटेको छ ।

काराबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स ५१ करोड ६७ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा लक्ष्मी सन्राइज बैंकको प्रमोटर सेयर २४ लाख ३२ हजार ८३ इकाईको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा १ हजार ७६७ पटकको कारोबार सहित शीर्षस्थानमा छ ।

मंगलबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४४ खर्ब ७१ अर्ब ७० करोड ५७ लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।