काठमाडौँ । जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको १०ः६.५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। योसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो।
कम्पनीका शेयरधनीहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। यो हकप्रदमा भदौ ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
हकप्रद शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको कम्पनीले जनाएको छ।












प्रतिक्रिया