काठमाडौँ । सेयर बजारमा फेरि हरियाली देखिएको छ । मंगलबार नेप्से परिसुचक ३४.४६ अंकले बढेर २७६०.१७ अंकमा पुगेको हो ।
नेप्से सँगै कारोबार रकममा पनि सुधार आएको छ । कारोबारमा आएका ३१७ कम्पनीका २ करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर ७४ हजार ५७ पटक किनबेच हुँदा ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से परिसुचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा पुग्दा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ पुगेको थियो । आइतबार नेप्से २९ अंकले बढेर २७६०.८० अंकमा पुग्दा कारोबार रकम ११ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ पुगेको थियो ।
मंगलबार सबै समूहमा हरियाली देखिएको छ । बैंकिङ्ग समूह २६.५५ अंकले, विकास बैंक समूह ६९.४३ अंकले होटल तथा पर्यटन समूह ६४.१४ अंकले, हाइड्रोपावर समूह ६०.७३ अंकले, जिवन बीमा समूह ९०.१ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ६३.४३ अंकले, लघुवित्त समूह ६४.८२ अंकले, निर्जीवन बीमा समूह ९५.५४ अंकले, व्यापार समूह ३५.२० अंकले बढेको छ ।
यस्तै, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ८.०८ प्रतिशतले बढेको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ५.८६ प्रतिशत, बिध्यवासीनी हाइड्रोपावरको सेयर मूल्य ५.७१ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ५.४३ प्रतिशतले र १० प्रतिशत केबीएल डेभेन्चर २०९० को सेयर मूल्य ५.२७ प्रतिशतले बढेको छ ।
समग्र बजार बढ्दा पनि भगवती हाइड्रोपावरको सेयर मूल्य ४.६४ प्रतिशतले घटेको छ । ग्लोबल आइएमइ बैंकको डेभेन्चर २०८४÷८५ को सेयर मूल्य ३.८३ प्रतिशत, सुशम पावर लिमिटेडको सेयर मूल्य ३.३३ प्रतिशत, चिख्र्वा हाइड्रोपावरको सेयर मूल्य ३.२६ प्रतिशतले र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य २.८२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा बुटवल पावर ५२ करोड ३२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा छ । कोरोबारमा आएका इकाई संख्याको आधारमा १२ लाख २१ हजार ६०० इकाईको कारोबार सहित प्रभु सिलेक्ट फण्ड अग्रस्थानमा रहँदा कारोबार संख्याको आधारमा बुटवल पावर कम्पनी २ हजार ४०३ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
मंगलबारको सुधारसँगै कुल बजार पुँजीकरण ४५ खर्ब ९९ अर्ब ३१ करोड ६३ लाख रुपैयाँ कायम भएको छ ।












प्रतिक्रिया