सिद्धार्थ बैंकको ऋणपत्रमा आज मात्र आवेदन दिन सकिने


काठमाडौँ । सिद्धार्थ बैंकको ऋणपत्रमा आजमात्र आवेदन दिन सकिने छ । आज बुधबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले असार २९ गतेबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको हो ।

बाँकी १० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ । सिद्धार्थले वार्षिक ७।२५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेन्चर २०९१’ जारी गरेको हो । यसको परिपक्व हुने अवधि १० वर्ष रहेको छ । ऋणपत्र बिक्रीका लागि एनएमबि क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक रहेको बैंकले जनाएको छ ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम सम्पुर्ण इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।