सानिमा बैंकको अनलाइन ई–कम कार्ड टप–अप सुबिधा


काठमाडौँ । सानिमा बैंकले ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइन मार्फत कार्डमा टप–अप गर्न मिल्ने सुविधाको सुरुवात गरेको छ ।

ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएसडी ई–कम भिसा कार्डमा टप–अप गर्न सक्नेछन् । ग्राहकहरुले सानिमा सजिलो ईबैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट आफ्नो विवरणहरु राखेर टप–अप गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टप–अपको प्रकिया अगाडि बढाउन सक्नेछन् । साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओपिटि राखे पश्चात् कार्डमा तुरुन्तै टप–अप हुनेछ ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।