सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३८९.३९ अमेरिकी डलर र ३८.७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।