काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापार घाटा १५ खर्ब रुपैयाँ नाघेको छ । यो वर्ष १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार रुपैयाँ व्यापार घाटा भएको हो ।
जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ६ प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ व्यापार घाटा थियो ।
गत आर्थिक वर्ष २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२४ प्रतिशतले वैदेशिक व्यापार बढेको छ । अघिल्लो आर्थिक वर्ष १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ वैदेशिक व्यापार भएको थियो ।
कुल वैदेशिक व्यापारमा निर्यातका हिस्सा ८१.८० प्रतिशत छ भने आयातको हिस्सा १३.२५ प्रतिशत छ । गत वर्ष १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ आयात हुँदा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ मात्र निर्यात भएको थियो ।












प्रतिक्रिया