एकैदिन २१ सय रुपैयाँले बढेसँगै सुनको भाउ पुग्यो २ लाख नजिक


काठमाडौँ । सुनको भाउ २ लाख नजिक पुगेको छ । बुधबार नेपाली बजारमा सुनको भाउ २ हजार १०० रुपैयाँले बढेसँगै २ लाख नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

बुधबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ४२२.९२ अमेरिकी डलर र चाँदी ३९.२३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।