एकैदिन २४ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ एकैदिन तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो । सुनसँगै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३८२.८८ अमेरिकी डलर र चाँदी ३९.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।