सुन किन्दै हुनुहुन्छ ? यस्तो छ सोमबारको भाउ


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ स्थिर रहेको छ । सोमबार सुन स्थिर रहँदा चाँदीको भाउ भने सामान्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको उक्त मूल्य आइतबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

त्यसैगरी, सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३३९.७४ अमेरिकी डलर र चाँदी ३८.२३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।