सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सूनको मूल्य मंगलबार प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, मंगलबार चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३७०.६१ अमेरिकी डलर र चाँदी ३७.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार  ११ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।