एनआईसी एशिया बैंक र धुलिखेलस्थित हिमालय दृश्य रिसोर्ट बीच छुट सम्बन्धी सम्झौता


काठमाडौँ । एनआईसी एशिया बैंक र धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई रिसोर्टमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौतासँगै बैंकका ग्राहकहरुले रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् ।

सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । रिसोर्टसँगको सहकार्यले बैंकका ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।