मोबिलिटी एक्स्पो २०२५ मा मोर्बिडेली नेपालका २ नयाँ मोटरसाइकल सार्वजनिक


काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा मोर्बिडेली नेपालका २ नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । एक्स्पोमा टी ३५२ एक्स र टी २५२एक्स पहिलो पटक भव्य रूपमा सार्वजनिक गरेको हो ।

इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भू–भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएका छन्।

मोर्बिडेली टी३५२एक्स उच्च प्रदर्शन र साहसिक क्षमता भएको मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो । जसले नेपालको कठिन भू–भागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ। जसमा उत्कृष्ट ह्यान्डलिङः पिरेली स्कॉर्पियन टायर, यूएसडी फ्रन्ट फोर्क, मल्टि–लिङ्क रियर सस्पेन्सन र १८ लिटरको इन्धन ट्याङ्क उपलब्ध छ ।

शोरूम मूल्य ९ लाख ९७ हजार रुपैयाँ रहेको यो एक्स्पोमा बुक गर्दा ९ लाख २३ हजार रुपैयाँमा मा पाउन सकिन्छ।

मोर्बिडेली टी२५२एक्स भने स्टाइल, सहजता र किफायती मूल्य विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ । जसले शहरी सवारीमा उत्कृष्ट प्रदर्शन र स्टाइल प्रदान गर्छ। १७ इन्च एलोय ह्वील, यूएसडी फ्रन्ट फोर्क, टीएफटी डिस्प्ले उपलब्ध छ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।