बुधबारदेखि राजधानीमा सुरु भएको सवारी साधनको कुम्भ मेलामा एभरेष्ट बैंकले विशेष व्याजदरमा ग्राहलाई सवारी कर्जा उपलब्ध गराउने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको एक्स्पोमा २९ लाख रुपैयादेखि झण्डै डेढ करोड रुपैयाँसम्मको मूल्यका गाडीहरु प्रदर्शनीमा राखिएका छन् ।
राजधानीमा सुरु भयो सवारी साधनको कुम्भ मेला ‘नाइमा मोबिलिटी एक्स्पो’, फाइनान्स सेवा प्रदर्शनीस्थलमै
प्रदर्शनीलाई शीर्ष प्रायोजन गरेको एभरेष्ट बैंकले सवारी साधन किन्न चाहने सेवाग्रहीलाई साउन महिनाको आधार दर ५.२७ मा १.२५ प्रतिशत प्रिमियम थप गरेर ६.५२ प्रतिशतमा सवारी कर्जा उपलब्ध गराउने भएको हो । नाइमा मोबिलिटी एक्स्पोका लागि नै बैंकले आकर्षक व्याजदर योजना तयार गरेको र सामान्य अवस्थाको व्याजदरभन्दा यसमा फरक पर्ने बैंकले जनाएको छ ।
भदौ महिनामा आधारदरमा संशोधन भएको खण्डमा भने नाइमामा सवारी बुक गरेका ग्राकहले सो महिनाको नयाँ आधारदरमा १.२५ प्रतिशत प्रिमियम थप गरेर सवारी कर्जा पाउने बंकले प्रष्ट पारेको छ ।

१८ वटा २ पाङ्ग्रे र २३ ब्राण्डका ४ पाङ्ग्रे सवारी साधनहरुले आफ्ना उत्पादनको भव्य प्रदर्शनी गरिरहेको एक्स्पोमा सबै ब्राण्डले एक्स्पोमा गाडी खरिद गर्नेहरुलाई विभिन्न किसिमका अफर तथा छुट घोषणा गरेका छन् । एक्स्पोमा राखिएको ४ पाङ्ग्रे सवारी साधनको खरिदमा बैंकले वित्तीय सेवा उपलब्ध गराउने छ ।
बैंकका अनुसार नेपाल राष्ट्र बैंकले ताकेको न्युनतम मापदण्ड पुरा गरेका सेवाग्राहीको कर्जा ५ कार्यदिनमा स्वीकृत हुनेछ । कर्जा लिनका लागि आवश्यक कागजात, आम्दानीको स्रोत लगायत पुरा गरी नाइमा मोबिलिटी एक्स्पोमा सवारी साधन बुक गरेका ग्राहकले एभरेष्ट बैंकको कुनै पनि शाखामा गएर सवारी कर्जाका लागि आवेदन दिन सक्नेछन् । मापदण्ड पुरा भएर गएका ग्राकहको कर्जा ५ कार्यदिनमा स्वीकृत गरी नयाँ गाडी दिलाउने बैंकले जनाएको छ ।
व्यक्ति तथा संस्थाले कर्जा लिने क्रममा राष्ट्र बैंकले ताकेको न्युनतम मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले प्रष्ट पारेको छ । मोबिलिटी शो अवलोकन गर्न जानेहरुलाई लक्षित गरेर बैंकले प्रदर्शनीस्थलमा पनि स्टल राखेको छ । सो स्टलबाट पनि सेवाग्राहीलाई सवारी कर्जा लिनका लागि सहजीकरण गरिने बैंकले जनाएको छ ।










प्रतिक्रिया