नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्ने


काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यही साउन ३० गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’ को इकाई निष्काशन गर्ने भएको छ ।

२५ करोड रुपैयाँको कोष आकार रहेको योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरु निष्काशन गरिनेछ । यसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने १ करोड १२ लाख ५० हजार इकाई पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाई देखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । इकाईहरुमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहनेछ । ‘एनआई ३१ योजना’ ले पूँजीबजारमा सूचीकृत ३१ वटा उत्कृष्ट कम्पनीहरूमा मात्र लगानी गर्नेछ । जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उद्देश्य राखेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।