काठमाडौँ । सामसङ नेपालले अत्याधुनिक प्रविधि तथा आकर्षक डिजाइन सहित नयाँ फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड७’ र ‘ग्यालेक्सी जेड फ्लिप७’ को प्रि–अर्डर साउन २२ देखि २९ सम्म खुला हुने घोषणा गरेको छ ।
ग्लोबल अनप्याक्ड कार्यक्रमपछि नेपालमा सार्वजनिक भएका यी स्मार्टफोन सामसङको फोल्डेबल लाइनअपमा सबैभन्दा पातलो, हलुका र स्मार्ट एआई क्षमतायुक्त डिभाइस हुन् ।
ग्यालेक्सी जेड फोल्ड७ ले प्रिमियम डिजाइन, शक्तिशाली क्यामेरा कार्यक्षमता र अत्याधुनिक एआई फिचर सहित प्रयोगकर्तालाई फरक तहको स्मार्टफोन अनुभव दिने कम्पनीको भनाइ छ ।
यो डिभाइसले अल्ट्रा–स्मार्टफोनका रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्ले मार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्छ ।
ग्यालेक्सी जेड फ्लिप७ चाहिँ स्मार्ट एआई फिचर सहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो । यो फोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम रहेको कम्पनीले जनाएको छ । फ्ल्यागसिप क्यामरा, एज–टु–एज फ्लेक्सविन्डो र आइकनिक डिजाइन साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउँछ ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स डिभिजन प्रमुख निर्देशक प्रणयरत्न स्थापितले भने, ‘ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गरेको छ । ग्यालेक्सी एआई र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ ।’
नेपालमा यी स्मार्टफोन २५६ जीबी भेरिएन्टको प्रि–अर्डर ‘सामसङ क्याम्पेन्स् डटकम’ मा गएर २२ साउनदेखि गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रि–अर्डरका लागि दर्ता गरी ५ हजार रुपैयाँको अग्रिम भुक्तानी गरेपछि ग्राहकले ओटीपी प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर उनीहरूले स्टोरमा नयाँ फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्। प्रक्रिया निकै सरल छ—केवल तपाईंको नागरिकता प्रमाणपत्र भए पुग्छ।












प्रतिक्रिया